झापा । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो उपराष्ट्रपति पाएको छ । 

शुक्रबार संघीय संसद् भवन नयाँ वानेश्वरमा भएको निर्वाचनबाट रामसहायप्रसाद यादव विजयी भएसँगै देशले तेस्रो राष्ट्रपति पाएको हो । 

OM Sai Pathibhara Hospital

गठबन्धन दलको तर्फबाट उमेदवार बनेका यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले संघ तर्फ १८४ र र प्रदेश तर्फ ३२९ मत  मत प्राप्त गरे ।

अर्का उमेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् । उनी एमालेबाट उमेदवार भएकी हुन् । 

यस्तै जनमत पार्टीबाट उमेदवार बनेकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन् । यस्तै जसपाबाट अर्का उमेदवार प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरेकी छन् ।