झापा- मोरङको बिराटनगर महानगरपालिकाका बिभिन्न स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । बुधबारसिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा बिभिन्न प्रकारको कुर्था सुरुवाल, साडी, र मोटर्स पार्स, ग्याँसको पाईप, किटको कराई लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव २ लाख ५ हजार बराबरको सामान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।