काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् । मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्‍याए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उनले बताए ।


नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उनले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए । फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए । चियालगायत वस्तुको निर्यात बढ्न सक्ने उनले बताए । नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उनले उल्लेख गरे ।चीनका राजदूत छन् सोङले चीन नेपालको ठूलो विदेशी लगानी भएको देश भएको र दोस्रो व्यापार साझेदार भएको बताए । कोरोनापछि अब चिनियाँहरू नेपाल घुम्न आउने उनले बताए ।