झापा - अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो।

स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ। सोहीअनुसार अखिल क्रन्तिकारीले सभापतिमा रोहित यादव विकास र सचिवमा आशिका लम्साललाई उमेदवार बनाउने भएको छ।

OM Sai Pathibhara Hospital

कोषाध्यक्ष र सदस्यको उम्मेदारी केही दिनपछि घोषणा गर्ने तयारी रहेको क्रान्तिकारी महेन्द्र मोरङ बहुमुखी क्याम्पस इकाई कमिटीका इन्चार्ज अभिमन्यु यादवले जानकारी दिए।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य देवा यादवले अन्य पार्टीमा साझेदारी गरेर चुनाव लड्ने बजार हल्ला रहेको बताए।  निर्वाचनमा एक्लै भिड्ने र चुनाव जितेर देखाउने बताउँदै  उनले सचिव र सभापतिका उम्मेदवार नै बलियो उम्मेदवारी रहेको दाबी गरे।