काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज बस्दै छ। सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे आठ दलका नेताहरूको बैठक बस्न लागेको हो।

आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खाँनले राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए। उनले राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न बैठक बोलाइएको बताए।

OM Sai Pathibhara Hospital

राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ। आठ दलले साझा उम्मेदवार काँग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।