काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बोलाएको हाे । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

OM Sai Pathibhara Hospital

उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ ।

राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङ र नेपाली कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । राष्ट्रपतिकाे निर्वाचन बिहीबार हुँदैछ ।