काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटार नेकपा माओवादी धारका नेताहरूको संयुक्त बैठक बसिरहेको छ । FB_IMG_1678164209831


OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा बहुमतका नेता धर्मेन्द्र बाँस्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी भएका छन् ।

FB_IMG_1678164198645

आइतबार शहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनले काठमाडाैँमा आयोजना गरेको कार्यक्रममा सहभागी माओवादी धारका नेताहरूले माओवादीलाई हेप्न थालिएकाले त्यसविरुद्ध एकढिक्का भएर लाग्नुपर्ने धारणा राखेका थिए ।


माओवादी धारका नेताहरूबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन् । प्रचण्डले आह्वान गरेको आजको बैठकमा पनि त्यसैबारे छलफल हुने पोखरेलले जानकारी दिए ।


प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरूबीच छलफल बाक्लिएकाे छ ।