झापा -छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । शनिबार शंखमुलस्थित एक क्याफेको छतबाट खसेर उपाध्यायको निधन भएको थियो ।

OM Sai Pathibhara Hospital

उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् । उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म आलोकनगरस्थित पार्टी कार्यालयमा राखिने उपमहासचिव विजय पौडेलले जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका श्रीमती र दुई छोरी छन् ।