झापा-  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताए।

शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताए। केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।