झापा । झापाको विर्तामोडमा मंगलबार गौरीशंकर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित १२ औं स्मृति सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिब  हरिबोल गजुरेलले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् ।

received_697603085571388गजुरेलले दीगो समाधान भनेकै सहमति र सहकार्य भएकाले सहमतिको बाटो अवलम्बन गर्नु अहिलेको आवश्यकता भएको बताए ।

OM Sai Pathibhara Hospital

केन्द्रीय सचिब तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले गौरीशंकरको स्मरण गर्दै पूर्वको आन्दोलन  र परिवर्तनका निम्ति गौरीशंकरले खेलेको भूमिका र उनको योजनाले नै अहिलेसम्म पार्टी र संगठनलाई यहाँसम्म ल्याइपुर्याएको बताए ।

received_1264088007474603कार्यक्रममा माओवादीका पोलिटब्युरो सदस्य अजम्बर राईले कम्युनिष्टहरु कमजोर हुनुका पछि आचरण विग्रिदै गएको मुख्य कारण भएको बताए । कम्युनिष्टहरुले आचरण र कार्यशैली सुधार्न आवश्यक रहेको बताए ।

Screenshot_2023_0221_191128कार्यक्रममा  धर्मशीला चापागाई,  झलकसिंह दर्लामी, गगन पुरि, संविधान सभा सदस्य पूर्णसिंह राजवंशी, प्रदेश सभासद् बन्दना झाँगड लगायतको उपस्थिति थियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडाल (राजु) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन  प्रतिष्ठानका सचिव रमेश गुरागाईले गरेका थिए भने स्वागत मन्तव्य पार्टीका झापा जिल्ला  अध्यक्ष राजु आचार्य(अग्नी) ले गरेका थिए ।

received_3425445641077414कार्यक्रममा गौरीशंकर खड्काका परिवार सहित माओवादी नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।FB_IMG_1676999332417FB_IMG_1676999327425FB_IMG_1676999313046