झापा । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ ।

OM Sai Pathibhara Hospital

आज आयोजित मिनि म्याराथन भद्रपुर रन२०७९को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् ।

 

भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् ।

 

त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए ।

 

भद्रपुर६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्रपुर बजारभानुचोकसंगम चोकसगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगिताका प्रथम धावकलाई नगद पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र टिसर्ट पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा चौथोदेखि दसौँसम्म हुने धावकलाई जनही नगद एक हजार र टिसर्ट प्रदान गरिएको थियो ।

भद्रपुर रनले खेलकुद क्षेत्रलाई चलायमान बनाउन मद्दत मिल्ने आयोजक संस्थाका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि हुन लागेको भद्रपुर झापाको गोल्डकपको प्रचारप्रसारमा थप टेवा मिल्ने आयोजकको अपेक्षा छ ।

 

प्रतियोगितामा अप्रतियोगीका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, शौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेल, महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाललगायतको सहभागिता रहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी रनमा सहभागी थिए ।

रनमा भद्रपुर तथा छिमेकी पालिकाका ४३६ जनाको सहभागिता रहेको थियो ।