काठमाडौं -भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । गत सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।

OM Sai Pathibhara Hospital


समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग(अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

 भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।