झापा-लामो समय देखी संगठन भित्र देखिएको बिवाद समाधान गर्न अखिल क्रान्तिकारीको केन्द्रीय समिती बिघठन गरीएको छ । समिती विघठनसँगै राष्ट्रिय सम्मेलन आयोजक समिती बनाउने निर्णय भएको छ । 

पञ्चा सिंहको नेतृत्वमा केन्द्रीय समिती बनेपछी असन्तुष्ट पक्षले पवन कार्कीको नेतृत्वमा समानान्तर केन्द्रीय समिती बनाएको थियो । संगठन भित्र समानान्तर समिती बने सँगै उत्पन्न विवाद समाधान गर्न पार्टीले दुवै समिती विघठन गरेको हो । 

OM Sai Pathibhara Hospital

हालै बसेको माओवादी केन्द्रको स्थायी समिती बैठकले दुवै समिती विघठन गरेर राष्ट्रिय सम्मेलन आयोजक समिती बनाउने निर्णय गरेको छ । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पछि राष्ट्रिय सम्मेलन गर्ने पाट्रीको तयारी छ । बिद्यार्थी संगठनमा देखिएको बिवादलाई हल गर्न र एकढिक्का भएर स्ववियू निर्वाचनमा लाग्न पाट्रीले  सर्कुलर जारी गरेको छ । 

पाट्रीको यो निर्णय पछि दुवै पक्षलाई राष्ट्रिय सम्मेलन अघि स्ववियू निर्वाचनमा मिलेर जाने वाताबरण बनेको बिद्यार्थी नेताहरुले बताएका छन् । ‘ यो स्वागत योग्य निर्णय हो । ’ अखिल क्रान्तिकारीका झापा अध्यक्ष रञ्जन धमलाले भने ‘ समानान्तर समितीले बिद्यार्थी आन्दोलनमा नकरात्मक छाप बसेको थियो, यो निर्णयसँगै बिद्यार्थि आन्दोलनलाई ससक्त बनाउँन र स्ववियु निर्वाचनमा होमिन सहज भएको छ ।’