झापा। नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले आज सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए ।

उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका छन् । त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

OM Sai Pathibhara Hospital

योसँगै माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना भएका छन् ।FB_IMG_1675957042826FB_IMG_1675957045275FB_IMG_1675957047781FB_IMG_1675957050475FB_IMG_1675957053080FB_IMG_1675957055609FB_IMG_1675957057889FB_IMG_1675957060098FB_IMG_1675957062385FB_IMG_1675957064576 1FB_IMG_1675957067563 1FB_IMG_1675957069949 1FB_IMG_1675957072509