प्रदेश ब्युरो । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार साझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालसग भेट्नको लागि विप्लव आइतबार साँझ बालुवाटार पुगेका हुन् ।

यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि विप्लव काठमाडौं आएको बुझिएको छ । भेटवार्तामा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरापनि सहभागी थिए ।

OM Sai Pathibhara Hospital

यसअघि महराले पार्टी एकता गर्नेगरि विप्लवसँग नवलपरासीमा पुगेर भेटवार्ता गरेका थिए । आइतबारको भेटवार्तामा पनि दुई दलबीच एकता गर्नेबारे छलफल भएको बुझिएको छ ।