प्रदेश ब्युरो  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार गएका हुन् । पछिल्लो समय पेचिलो बन्दै आएको गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने ओलीले सार्वजनिक रुपमै बताउँदै आएका छन् । तर प्रचण्ड रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा छन् । रास्वपाले दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ।