झापा । चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै लागे पनि पछिल्लो समय पार्टी खराब हुँदै गएको निष्कर्ष निकालेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।

Screenshot_2023_0201_203619उनले पार्टीमा व्यक्तिवादी हैकम र अराजकता बढी भएको आरोपसमेत लगाएका छन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुन्द ढकाललाई राजीनामा बुझाएका हुन् । पार्टीले जिल्ला कमिटीलाई बेवास्ता गरेको र जिल्ला कमिटीसँग कुनै पनि विषयमा कुनै सरसल्लाहसमेत नभएको आरोप पनि उनले लगाएका छन् ।

OM Sai Pathibhara Hospital

उनले देशभरका पार्टीका जिल्ला कमिटीहरुको अवस्था यस्तै भएको हुनसक्ने अनुमान पनि गरेका छन् ।

पछिल्लो समय रास्वपामा सांसद पद गुमाएका रवि लामिछाने नै गृहमन्त्री हुनुपर्छ भन्ने समूह र अर्को समूह गरेर केन्द्रमा पनि मतभेद देखिन थालेको छ