झापा । गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उहाँलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।

मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्नुभएको छ । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसक्नुभएको छ ।