झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संगठन विस्तारका कार्यक्रम स्थगित गरेको छ ।

FB_IMG_1674834023587

OM Sai Pathibhara Hospital

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै  सातै प्रदेशमा तय गरिएका  प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को  सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले माघ १४ गतेदेखि सांगठनिक गतिविधि संचालन गर्ने निर्णय गरेको थियो । तर पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि पार्टीले आफ्ना संगठानिक गतिबिधिलाई स्थगित गरेको छ । साथै महामन्त्री ढकालले पार्टीका लागि चुनौतिको अहिलेको घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन अपिल पनि गरेका छन् ।