नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।