काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपा का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।

उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँडबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरूको बैठक बोलाइएको छ ।

OM Sai Pathibhara Hospital

उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविता को रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपा का नेताहरू बताउँछन् ।

एमाले र माओवादी शीर्ष नेताहरूबीच सरकार गठनकै क्रममा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ । त्यसअनुसार राष्ट्रपति पदसँगै सभामुख एमालेले लिने छ भने उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी छ ।