काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् ।

आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।

OM Sai Pathibhara Hospital

जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि ।

जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसद्‌मा छैन, बैठकमा बस्न मिल्दैन साथीहरूले गरिहाल्नु हुन्छ नि ।’ 

संसदीय दलको नेता चयन गर्नका लागि आज ११ बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ भने तीन बजे मतदान हुने समय तालिका तय भएको छ । तर त्यसअघि नै यादवले काठमाडौँ छाडेका छन् ।