काठमाडौँ / सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनु केही समय अगाडि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक छोडेर बाहिरिएका थिए।

OM Sai Pathibhara Hospital

बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्ड बालकोट जाने तयारीमा छन्। महासचिव देव गुरुङ पनि बालकोटमै छन् भने लामिछाने पनि बालकोट पुगेका हुन्। प्रतिनिधि सभामा रास्वपा का २० जना सांसद छन्।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए।