काठमाडौं / प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगत प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो ।
तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

'कांग्रेस नेताहरू राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् । त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी  र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं ।’   

प्रधानमन्त्री देउवाकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको ति पदाधिकारीले बताए । अब गठबन्धन रहने वा नरहने देउवाकै हातमा भएको माओवादी नेताहरूले बताएका छन् ।