काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको हो ।

कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरी सरकार गठन गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका हुन् । तर प्रचण्डले भने सुरुमै आफूले नेतृत्व गर्न पाउनु पर्ने अडान दोहोर्‍याएका छन् ।

OM Sai Pathibhara Hospital

प्रचण्डलाई भेटेपछि प्रकाशमान सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा सिंहले प्रचण्डसँग भएको कुराकानीबारे जानकारी गराएका छन् ।