झापा /  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ भन्दा समानुपातिक समानुपातिक निर्वाचनमा बढी मत बदर भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ पाँच दशमलव शून्य छ प्रतिशत मत बदर हुँदा समानुपातिकतर्फ पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएको थियो भने समानुपातिकतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएको थियो । 

प्रदेशसभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको छ । 

त्यस्तै प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१ दशमलव ३१ प्रतिशत मतदान भएकोमा ६ दशमलव ५५ प्रतिशत मत बदर भएको छ । 

आयोगले समानुपातिकतर्फको विजयीहरुको अन्तिम घोषणा मङ्गलबार गर्ने जनाएको छ ।