झापा / धाँधली भएको भन्दै पुन मतदान गरिएको  दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायम राखेका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोलखामा ३९ हजार ३ सय ७९ मत गणना सम्पन्न भइसकेको छ । अहिलेसम्म १६ सय ७५ मत बदर भएको जनाइएको छ ।

शिवाकोटीले १७ हजार ५२८ मत पाउदा नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले १५ हजार ७ सय मत ल्याएका छन् । कार्कीभन्दा शिवाकोटी १२२८ मतले अगाडि छन् । दोलखा बाहेक सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ ।