झापा / एमाले नेत्री पद्मा अर्यालले स्याङ्जा –२ बाट निर्वाचित कांग्रेसका उपसभापति धनराज गुरुङलाई बुथ कब्जा गरेर निर्वाचन जितेको आरोप लगाएकी छन्। 

निर्वाचन जितेकोमा गुरुङलाई आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत् बधाई दिँदै अर्यालले यस्तो आरोप लगाएकी हुन्।

OM Sai Pathibhara Hospital

उनले फेसबुकमा लेखेकी छन्, –‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौँ। त्यसलाई हामी सहज रूपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौँ। किनकि लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् ।’ 

उनले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नहोस् भन्ने कामना समेत गरेकी छन्। नेता गुरुङलाई अर्यालले शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रूपमा बुझेको तर, निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले गुरुङ प्रति आफ्नो बुझाइ झुटो प्रमाणित भएको बताएकी छिन् । 

स्वस्थ प्रतिस्पर्धा माथि विश्वास नगरेको दर्जनौँ प्रमाणहरूले बताइरहेको पनि उनको आरोप छ। त्यस्तै उनले स्याङ्जाको निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध रहेको पनि बताएकी छन्।