झापा / प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ।

हालसम्मको विवरणअनुसार नेकपा एमालेले २७ लाख ८७ हजार ७५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख ०७८, नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन्।

OM Sai Pathibhara Hospital

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ३९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ५९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६, जनमत पार्टीले तीन लाख ९४ हजार ५१३ मत प्राप्त गरेको छ। 

यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार ६१४, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार सात ७८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८१ मत प्राप्त गरेको छ।

कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ।

प्रदेशमा कसको कति ?

आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ। एमालेले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ। कांग्रेसले पाँच लाख ६२ हजार ९५६, राप्रपाले एक लाख ९८ हजार ५११, माओवादीले एक लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत प्राप्त गरेको छ।

मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ। कांग्रेसले चार लाख १४४, एमालेले तीन लाख ५१ हजार ७६८, जनमत पार्टीले तीन लाख २९ हजार १७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार ७७४, माओवादीले एक लाख ८० हजार ८६० र नेकपा एकीकृत समाजवादीले एक लाख १३ हजार ९१५ मत प्राप्त गरेको छ।

बागमती प्रदेशमा १८ लाख ५७ हजार ९६६ मत गणना भएको छ। सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार ६७५, कांग्रेसले चार लाख ७१ हजार ९६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार ३७२, नेपाल मजदुर किसान पार्टीले ६८ हजार ६५४ र नेकपा एकीकृत समाजवादीले ६४ हजार १०८ मत प्राप्त गरेको छ।

गण्डकी प्रदेशमा ९ लाख ८४ हजार ५३९ मत गणना भएको छ। त्यसमा एमालेले तीन लाख ६७ हजार ३६१, कांग्रेसले तीन लाख ४९ हजार २१५, माओवादीले एक लाख १६ हजार ८५१, राप्रपाले ५९ हजार ४४३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३२ मत प्राप्त गरेको छ।

लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ। त्यसमा एमालेले पाँच लाख ७० हजार ९२१, कांग्रेसले चार लाख ९९ हजार ९८६, माओवादीले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत प्राप्त गरेको छ।

कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार ८२९ मत गणना भएको छ। त्यसमा एमालेले एक लाख ८३ हजार ९५०, कांग्रेसले एक लाख ७० हजार ७५६, माओवादीले एक लाख ३७ हजार ६२९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार ९९३ मत प्राप्त गरेको छ।

सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार आठ सय ९४ मत गणना भएको छ। त्यसमा एमालेले दुई लाख ४८ हजार ८४०, कांग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार ९०३, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५४, राप्रपाले ४३ हजार ८०८ र नेकपा एकीकृत समाजवादीले ४१ हजार ९३९ मत प्राप्त गरेको छ।