बाजुरा / बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

OM Sai Pathibhara Hospital

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

प्रदेससभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र (२) मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भए ।