झापा / सुनसरीको निर्वाचन क्षेत्र नं.- ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ ।

OM Sai Pathibhara Hospital

०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।