झापा / मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ ।

प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम आएको छ भने चार स्थानको अझै आउन बाँकी छ । 

OM Sai Pathibhara Hospital

सबैभन्दा बढी नेपाली कांग्रेसले ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ।

त्यसैगरी माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७–७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। गणना भइरहेको एक मात्र क्षेत्र सुनसरी ४ मा कांग्रेसको अग्रता रहेको छ ।