झापा / प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

उदयपुर –१, धनुषा –२, सुनसरी –३ र सुनसरी –४ मा मतगणना जारी छ भने बाजुरा र स्याङ्जा –२ मा दलहरूबीच विवाद हुँदा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । 

OM Sai Pathibhara Hospital

मंसिर ४ मै निर्वाचन भएको दोलखाका १० निर्वाचन केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले आगामी बिहीबार पुनः मतदान गर्ने भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५३ स्थानमा विजयी हुँदा नेकपा (एमाले) ४२ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७–७ स्थानमा विजयी भएका छन् । 

त्यसैगरी लोकतान्त्रिक समाजवादी पाटी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् भने  स्वतन्त्र उम्मेदवारहरु ५ ठाउँमा विजयी भएका छन् ।

गणना जारी रहेका ठाउँमध्ये कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले एक सिटमा अग्रता लिइरहेको छ ।