झापा / नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएको छ । अहिलेसम्म ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा एमालेले सबैभन्दा बढी २५ लाख ७० हजार १४२ मत पाएको हो  । 

प्रत्यक्षमा पहिलो बनेको कांग्रेस समानुपातिकतर्फ २४ लाख ३८ हजार ६४४ मतसहित दोस्रो स्थानमा छ । त्यस्तै तेस्रोको लागि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिव्र प्रतिस्पर्धा चलिरहेको छ । दुवै दलबीच उछिनपाछिन चलिरहेको छ । माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत प्राप्त गरेको छ भने स्वतन्त्रले १० लाख ७० हजार २५३ मत पाएको छ ।

OM Sai Pathibhara Hospital

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथोमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएर पाचौँमा छ ।

यसैगरी जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३, जनमत पार्टीले २ लाख ८७ हजार ५०५, नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार ७५७ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।