झापा / धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी भएका हुन् ।

OM Sai Pathibhara Hospital

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत पाए । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका छन् ।

२०७४ सालको निर्वाचनमा धनुषा –३ बाट विजयी भएका महासेठ यसपटक धनुषा –४ मा उम्मेदवार बनेका थिए । धनुषा –३ बाट यसअघि नै उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।