राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १० लाख ५६ आठ सय ८५ मत प्राप्त गरेको छ। यस्तै चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले तीन लाख ५१ हजार दुई सय ६० मत प्राप्त गरेको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।
यही मंसिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो। सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो।