झापा / प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उम्मेदवार भगवती चौधरीले २१ हजार ४ मत पाएकी छन् । 

नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा १५ हजार ८२३ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १८१ मतले पछि छन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार कमल बाबु मैनालीले ५ हजार ८३४ मत पाएका छन् । मतगणना जारी छ ।