झापा /  प्रदेशसभा निर्वाचनमा एक नम्बर प्रदेशको प्रत्यक्षतर्फका ५६ निर्वाचन क्षेत्रमध्ये ४८ क्षेत्रको मत गणना सम्पन्न भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार प्रदेश नम्बर १ म नेकपा एमाले सबैभन्दा ठूलो दल बन्ने भएको छ । एमालेले हालसम्म २२ ठाउँमा जितिसकेको छ भने दुई ठाउँमा अगाडि छ । 

OM Sai Pathibhara Hospital

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ सिटमा जित निकालेको छ भने चार स्थानमा अग्रता बनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र नौ सिट जितेर तेस्रो बनेको छ भने एकीकृत समाजवादीले दुई ठाउँमा जितेको छ । साथै एक ठाउँमा अगाडि छ । राप्रपाले पनि प्रदेशसभामा दुई सिट जितेको छ । 

२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले ३६, माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ८ सिट जितेका थिए ।

यसपटक सत्तारुढ दलहरूबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले १२ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि एक सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा ९ सिट थपेको छ ।