झापा / एमालेका विशाल भट्टराईलाई हराउँदै खोटाङमा  प्रतिनिधिसभा सदस्यका लागी माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित  भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।