झापा / झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर सावा (एलपि) दोस्रो पटक संसद्मा निर्वाचित भएका छन् । 

सावाँले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

सावाँले २९ हजार ३१५ मत प्राप्त गर्दा थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर छ हजार ८६७ रहेको छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ०६९ मत ल्याई तेस्रो भएका छन् ।