झापा / दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी छन् भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी भएकी हुन् ।