चितवन  / चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई २८ हजार ३१२ मतले पछि पाार्दै लामिछाने विजयी भएका हुन् ।

OM Sai Pathibhara Hospital

लामिछानेले ४२ हजार २४१ मत प्राप्त गर्दा श्रेष्ठले १३ हजार ९२९ मत पाएका छन् । राज्यमन्त्री समेत रहेका श्रेष्ठ सत्ता गठबन्धको समर्थनसहित निर्वाचनमा होमिएका हुन् । पत्रकारिता पेशा छाडेर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका लामिछानेले अप्रत्यासित मत पाएका हुन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १३ हजार ३०८ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।