काठमाडौँ / भक्तपुर- २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा  निर्वाचित भएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा (एमाले) का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्  । कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजार ५३ मत बदर भएको थियो ।

OM Sai Pathibhara Hospital