बिर्तामोड / झापा क्षेत्र नम्बर- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ३ हजार ३९८ मतले अगाडि रहेका छन् । पछिल्लो मतगणना अनुसार लिङ्देनले ३० हजार ९६३८ मत प्राप्त गरेका छन् भने गठबन्धन तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको २७ हजार ५६५ मतले पछ्याइ रहेका छन् ।

प्रदेशसभातर्फ भने ३९१० मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र ३ ९२० मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् । झापा ३ मा १ लाख ३१ हजार ४३२ मतदाता संख्या मध्ये ८९ हजार ६३७ मत खसेको थियो ।