झापा / जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।

उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरिन । त्यसैगरी नेकपा एमालेका रत्ननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।