झापा  / प्रतिनिधिसभाका १६५ मध्ये ३० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

बुधबार दिउँसो पाँच बजेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, नेकपा माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उन्मुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै स्वतन्त्र २ ठाउँमा विजयी भएका छन् ।

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेस

प्रदीप पौडेल– काठमाडौं ५
योगेश गौचन थकाली– मुस्ताङ १
मोहन आचार्य– रसुवा १
टेकबहादुर गुरुङ– मनाङ १
राजेन्द्र कुमार के. सी. – काठमाडौं १०
उदयशमशेर जबरा– ललितपुर १
हृदयराम थानी– सुर्खेत २
सन्तोष चालिसे– काठमाडौं ३
शंकर भण्डारी– तनहुँ २
रमेश रिजाल– पर्सा ४
शेरबहादुर देउवा– डडेलधुरा
प्रकाशमान सिंह– काठमाडौं १
गगनकुमार थापा– काठमाडौं ४

नेकपा एमाले 

गोकर्ण विष्ट– गुल्मी २
कृष्ण गोपाल श्रेष्ठ– काठमाडौं ९
अम्बर बहादुर रायमाझी– उदयपुर २
प्रेमबहादुर महर्जन– ललितपुर २
योगश कुमार भट्टराई– ताप्लेजुङ

राष्ट्रिय स्वतन्त्र पार्टी

 सोविता गौतम– काठमाडौं २
गणेश पराजुली– काठमाडौं ७
विराज भक्त श्रेष्ठ– काठमाडौं ८
शिशिर खनाल– काठमाडौं ६
तोसिमा कार्की– ललितपुर ३

माओवादी केन्द्र 

पूर्ण बहादुर घर्ती मगर– रुकुम पूर्व १
लेखनाथा दाहाल– सुन्धझालि

एकीकृत समाजवादी

शेरबहादुर कुँवर– अछाम १

राप्रपा

धवल शमशेर राणा– बाँके २

नागरिक उन्मुक्ति पार्टी

गंगाराम चौधरी– कैलाली ३

त्यसैगरी स्वतन्त्रले अहिलेसम्म दुई ठाउँमा जितेको छ ।