झापा /  बर्दिया –२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् ।

चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत पाए । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।

OM Sai Pathibhara Hospital

निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्। रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।