काठमाडौं / सप्तरी क्षेत्र नम्बर- २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) राउत विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।

OM Sai Pathibhara Hospital

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।