बाग्लुङ / बाग्लुङ क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।

केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । यहाँबाट ०७४ मा पाठक निर्वाचित भएका थिए । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।