काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर –३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने भएको छ । 

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।

OM Sai Pathibhara Hospital

डा. तोसिमाले आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा उम्मेदवारी कायम रहने आदेश दिएको छ ।